PahiloPost

May 12, 2024 | ३० बैशाख २०८१

प्रदेश नं २ मा फोरम–राजपाबीच मन्त्रालय बाडफाँटको सहमति, यसरी बन्दैछ प्रदेश सरकार



राधेश्याम पटेल

प्रदेश नं २ मा फोरम–राजपाबीच मन्त्रालय बाडफाँटको सहमति, यसरी बन्दैछ प्रदेश सरकार

वीरगंज : प्रदेश नं २ मा राजपा–फोरम नेपालको गठबन्धन सरकार बनाउन दुई दलबीच औपचारिक सहमति भएको छ।

काठमाडौंको तीनकुनेमा आज दुई दलका शीर्ष नेताबीच भएको वार्तामा सरकार नेतृत्व बारे सहमति भएको हो। सहमति अनुसार फोरम नेपालको भागमा मुख्यमन्त्री, उप–सभामुख र तीन मन्त्रालय परेको छ।

आन्तरिक मामिला तथा कानुन, आर्थिक मामिला तथा योजना, भूमि–व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय गरी तीन मन्त्रालय फोरम नेपालको भागमा परेको हो।

त्यसैगरी, राजपाको भागमा सभामुख,भौतिक पूर्वाधार,सामाजिक विकास,उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्रालय परेको हो।

सहमति पत्रमा फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र राजपाका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले हस्ताक्षर गरेका छन्।

वार्तामा फोरम नेपालका तर्फबाट उपेन्द्र यादव,लालबाबु राउत,महासचिव रामसहाय प्रसाद यादव र राजपाका अध्यक्ष मण्डलका ठाकुर,राजेन्द्र महतो,महेन्द्र यादवको उपस्थिति थियो।

जनमत अनुसार प्रदेश दुईमा मधेसी गठबन्धनको सरकार बने ठीक हुने भन्ने सोचाइका साथ यी दुवै दलबीच सहमति गरेर अघि बढन दवाव परेको थियो।

देशका सात प्रदेशमध्ये प्रदेश नम्बर २ मा मात्र वाम गठबन्धनबाहेकको सरकार बन्दैछ। 

संविधान अनुसार प्रदेश २ मा कुनै पनि दलको बहुमत नभएकोले दुई वा दुईभन्दा बढी दलको समर्थनसहित जसले बहुमत जुटाउन सक्छ, त्यही दलको संसदीय दलको नेतालाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्नेछ। 


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell