PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

बुढासुब्बा गोल्डकप : पुलिसलाई हराउँदै थ्री स्टार च्याम्पियन



पहिलोपोस्ट

धरान : २०औँ बुढासुब्बा गोल्डकपको उपाधि रुस्लान थ्री स्टार क्लबले जितेको छ। शनिवार भएको फाइनलमा थ्री स्टारले पुलिसलाई १-० ले पराजित गर्दै उपाधि जितेको हो।

थ्रि स्टारको लागि पहिलो हाफको इन्जुरी टाइममा विदेशि खेलाडी मार्टिन्स अजयिले गरेको गोल नै निर्णायक बन्यो।

दुवै टोलीले १० खेलाडीमा रहेर खेलको अन्त्य गरेका थिए। खेलको २७औँ मिनेटमा थ्री स्टारका पिटर सेगुन र पुलिसका हेम तामाङ रातो कार्ड खादै मैदान बाहिरिएका थिए।

थ्री गत साता पोखरामा भएको आहा रारा गोल्डकपको फाइनलमा बेहोरेको हारको बदला समेत लिएको छ।

उपाधिसँगै थ्री स्टारले नगद ६ लाख हात पारेको छ। पुलिसले ३ लाख प्राप्त गर्‍यो।

च्याम्पियन थ्री स्टारका निराजन खड्का मोस्ट भ्यालुएबल प्लेअर र सर्वाधिक गोलकर्ता बने। ३ गोल गरेका खड्काले एक थान मोटरसाइकल हात पारे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell