PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

फोरम–राजपाको सरकारलाई समाजवादीको समर्थन



पहिलोपोस्ट

जनकपुर : दुई नम्बर प्रदेशमा गठन हुन लागेको संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा)को संयुक्त सरकारलाई नेपाल संघीय समाजवादी पार्टीले समर्थन गरेको छ।

शनिबार मात्रै फोरम र राजपाबीच सरकार गठन तथा मन्त्रालय बाँडफाँटका विषयमा सहमति भएको हो। उक्त सहमति सार्वजनिक भएलगत्तै समाजवादी पार्टीले प्रेस विज्ञप्ति जारी गरी समर्थन जनाएको हो।

पार्टीका अध्यक्ष रिजवान अंसारीले मधेशी जनताको भावना अनुसार फोरम र राजपाले गठन गर्न लागेको सरकारलाई आफ्नो पार्टीले निश्वार्थ रुपमा समर्थन गरेको बताए।

दुई नम्बर प्रदेश सभामा समाजवादी पार्टीको एक सिट रहेको छ। समाजवादीको समर्थनसँगै फोरम र राजपा नेतृत्वको सरकारको पक्षमा ५५ प्रदेश सभा सदस्य भएका छन्। दुई नम्बर प्रदेशमा कुल एक सय सात सदस्य रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell