PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

खुकुरी प्रहार गरी श्रीमतीको हत्या



पहिलोपोस्ट

खुकुरी प्रहार गरी श्रीमतीको हत्या
प्रतीकात्मक तस्वीर

उर्लाबारीः मोरङको पथरीशनिश्चरेमा गएराति श्रीमानले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन्।

पथरीशनिश्चरे–९ स्थित श्यामचोक बस्ने ३४ वर्षीय चन्द्रबहादुर लिम्बुले ३० वर्षीया श्रीमती तुलसा लिम्बुलाई खुकुरीले घाँटीमा प्रहार गरी हत्या गरेको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक विजय श्रेष्ठले जानकारी दिए। घटनापछि खुकुरी प्रहार गर्ने लिम्बु फरार रहेकाले उनको खोजी भइरहेको प्रहरीले जनाएको छ। उनले श्रीमतीको हत्या गर्नुको कारण खुल्न सकेको छैन। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell