PahiloPost

Sep 12, 2025 | २७ भदौ २०८२

'डिएलए'को काठमाडौं अध्यक्षमा रावल निर्वाचित



पहिलोपोस्ट

काठमाडौँ: नेपाली काँग्रेस निकट कानुन व्यवसायीहरुको संस्था नेपाल डेमोक्र्याटिक लयर्स एशोसिएशन (डिएलए) काठमाडौँको अध्यक्षमा प्रकाश रावल निर्वाचित भएका छन्।

एशोसिएशनको शनिबार राति सम्पन्न तेस्रो अधिवेशनबाट रावलको नेतृत्वमा २३ कार्यसमिति निर्वाचित भएको हो। अध्यक्षका आकांक्षीमध्ये सात जनालाई पछाडि पार्दै रावल निर्वाचित भएका हुन्।

अध्यक्षका लागि आठ जनाको उम्मेदवारी परेकामा रावलले १८९ मत ल्याई विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी शिवराज पोखरेलले १२४ मत प्राप्त गरेको नेपाल बार एशोसिएशन काठमाडौँ शाखाका अध्यक्ष लक्ष्मण थपलियाले जानकारी दिए।

यस्तै उपाध्यक्षमा राजन निरौला निर्वाचित भएका छन्। यसैगरी सचिवमा विनोद कार्की र कोषाध्यक्षमा पुरुषोत्तम अर्याल विजयी भएका छन्।

चार पदाधिकारीसहित २३ सदस्यीय कार्यसमिति रहेको एशोसिएशनमा सदस्य भने निर्विरोध निर्वाचित भएका थिए।

सदस्यमा अजयकुमार पटेल, अन्जना अर्याल, अन्जु रेग्मी अर्याल, उत्तम खनाल, चक्रबहादुर थापा, ज्योतिदेव पनेरु, दामोदर तिम्सिना, नारायणप्रसाद भण्डारी, प्रवीण महर्जन, वासुदेव रिजाल, विनोद अधिकारी, विनोद खतिवडा, विमल सापकोटा, वीरेन्द्र पाठक, रगेन्द्रमानसिंह प्रधान, राजेश्वरी महर्जन, रञ्जिता केसी र रबिन भट्टराई निर्वाचित भएका छन्। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell