
स्पानिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा दुई मड्रिड क्लब एथ्लेटिको र रियल विजयी भएका छन्।
खेलको पहिलो मिनेटमै एन्टोनी ग्रिजमनले गरेको गोल निर्णायक बन्दा एथ्लेटिकोले मालागालाई १-० ले हरायो।
उता क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गरेपछि रियलले रियल सोसिडाडलाई ५-३ ले पराजित गर्यो। रियलका लागि लुकास भजक्वेज र टोली क्रुसले एक-एक गोल गरे। सोसिडाडका लागि जोन बाउटिस्टा र असिर इरालामेन्डीले एक-एक गोल गरे।
जितपछि २३ खेलबाट ५२ अंक जोडेको एथ्लेटिको दोस्रो स्थानमा कायमै छ। एक खेल कम खेलेको बार्सिलोना ५८ अंकका साथ शीर्ष स्थानमा छ। यस्तै २२ खेलबाट ४२ अक जोडेको रियल भ्यालेन्सियालाई पछि पार्दै तेस्रो स्थानमा उक्लेको छ।