
सर्जियो अगुएरोले चार गोल गरेपछि लिग लिडर म्यानचेष्टर सिटीले प्रिमियर लिगमा गएराती लेस्टर सिटीलाई ५-१ ले पराजित गरेको छ।
घरेलु मैदान एतिहाड स्टेडियममा भएको खेलको पहिलो हाफ १-१ को बराबरीमा सकिएपनि अगुएरोले दोस्रो हाफमा ४ गोल गर्दै सिटिलाई शानदार जित दिलाए।
जितपछि २७ खेलबाट ७२ अंक जोडेको सिटीले दोस्रो स्थानमा म्यानचेष्टर युनाइइटेडमाथि १६ अंकको अग्रता कायम गरेको छ।
तेस्रो मिनेटमै रहिम स्टर्लिङले गोल गर्दै घरेलु टोली सिटीलाई अग्रता दिलाएका थिए। २४औँ मिनेटमा लेस्टरका जेमी भार्डीले बराबरि गोल फर्काए।
अगुएरोले ४८औँ, ५३औँ, ७७औँ मिनेटमा गोल गर्दै प्रिमियर लिगको आठौँ ह्याट्रिक पूरा गरे भने र ९०औँ मिनेटमा व्यक्तिगत चौथो गोल गर्दै सिटीलाई जित दिलाए।
यससँगै अगुएरोको यस सिजन प्रिमियर लिग गोल संख्या २१ पुगेको छ।
उनले एकै खेलमा ४ गोल गरेको यो तेस्रो पटक हो। यस्ते अगुएरो लगाता चार सिजन प्रिमियर लिगमा २० वा त्यो भन्दा बढि गोल गर्ने चौथो खेलाडी बनेका छन्। यसअघि एलान सिरर, थियरी हेनरी र ह्यारी केनले उक्त सफलता हासिल गरिसकेका छन्।