PahiloPost

Sep 12, 2025 | २७ भदौ २०८२

रोजु लाबुङको गीति एल्बम र पुस्तक एकसाथ सार्वजनिक



पहिलोपोस्ट

रोजु लाबुङको गीति एल्बम र पुस्तक एकसाथ सार्वजनिक

काठमाडौं: गीतकार रोजी लाबुङ राईको पुस्तक र एल्बम विमोचन गरिएको छ। वरिष्ठ गीतकार डाक्टर कृष्णहरि बरालको प्रमुख आथित्यता र गीतकार उन्नती बोहरा ’शिला’ को विशिष्ट आथित्यतामा एल्बम ‘रोजाई’, ‘समन्वय’ र पुस्तक ‘सोचाइ’को एकसाथ लोकार्पण गरिएको हो।

एल्बम रोजाईमा ७ गीत समावेश छन्। माया दिए, ओ परदेशी, भुल गरे, म सधै सधै, अब म मर्छु होला, सुनसान रातको र डन्ट लाइक योर बानी लगायतका गीत समावेश छन्। जसमा राम कृष्ण ढकाल, मेलिना राई, प्रमोद खरेल, मौनता कमबाङ, साझ सिंह, मिलन अमात्य र राजेश पायल राईको स्वर रहेको छ। यसमा बसन्त सापकोटा, डी रातु, नरेश लिङदेन, तारा प्रकाश लिम्बु, महेश खड्काको संगीत रहेको छ।

यसैगरी एल्बम समन्वयमा ८ गीत समावेश छन्। यसमा तिमीलाई माया, तिम्रो माया, अलिकति माया, कोहि जिउँदै, जलन हुन्छ, सुन्दर फुल, जलन हुन्छ २ र देश प्रेमी लगायतका गीत समावेश छन्।

कार्यक्रममा अन्जान थिए बोलको गीतको भिडियो समेत सार्वजनिक गरियो। गीतमा शब्द रोजीको रहेको छ भने यसमा संगीत र स्वर विक्रम राईको रहेको छ। राजिव समरको नृत्य निर्देशन , मिलन शंकरको छायाँकन , सुप्रिम पराजुलीको सम्पादन र शान थापाको निर्देशन रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell