PahiloPost

May 14, 2026 | ३१ बैशाख २०८३

विक्रम लामाको खुट्टाको सफल शल्यक्रिया, ६ महिना आराम गर्नुपर्ने



पहिलोपोस्ट

विक्रम लामाको खुट्टाको सफल शल्यक्रिया, ६ महिना आराम गर्नुपर्ने

काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टिमका उपकप्तान तथा थ्री स्टार क्लबका कप्तान विक्रम लामाको आज बिहान एक बजे ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा सफल शल्यक्रिया गरिएको छ। 

दाहिने गोडामा चोट लागेका लामाको बरिष्ठ अर्पेथोडिक सर्जन तथा ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका मेडिकल डाइरेक्टर डा. चक्रराज पाण्डेको टिमले सफल शल्यक्रिया गरेको हो।

शनिवार पुलिस विरुद्ध बुढासुब्बा गोल्डकपको फाइनल खेल्ने क्रममा लामाको खुट्टामा चोट लागेको थियो। त्यसपछि उनलाई उपचारका लागि तत्कालै काठमाडौँको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा ल्याइएको थियो।

लामाको आइतवार देखीनै फिजियोथेरापि शुरु गरिने र उपचारपछि उनी ६ देखी ८ महिनामा खेल मैदानमा फर्कने डा.चक्रराज पाण्डेले बताएका छन्।                             



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell