PahiloPost

May 10, 2026 | २७ बैशाख २०८३

'कृ' हेर्ने दर्शकलाई ‘शत्रु गते’ युनिटको उपहार



पहिलोपोस्ट

'कृ' हेर्ने दर्शकलाई ‘शत्रु गते’ युनिटको उपहार

काठमाडौं: फिल्म ‘कृ’ हेर्ने दर्शकका लागि फिल्म ‘शत्रु गते’ युनिटले उपहार दिएका छन्। फिल्म युनिटले टिजरलाई उपहारको संज्ञा दिएका छन्। टिजर इन्टरनेट रिलिज भने भएको होइन। फिल्म युनिटले टिजरलाई हलमा मात्र रिलिज गरेका हो।

कृको दर्शक फ्लोलाई ध्यानमा राख्दै शत्रु गते युनिटले टिजरलाई प्रचारको राम्रो माध्यम बनाएको हो। हलमा कृ प्रदर्शन हुने क्रममा टिजर बज्नेछ। प्रदिप भट्टराईको निर्देशनमा तयार भएको फिल्ममा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपक राज गिरी, दीपाश्री निरौला, किरण केसी, शिवहरी पौडेल, बशुन्धरा भुसाल, रमेश रंजन झा, प्रियंका कार्की, पल शाह, आँचल शर्मा लगायतको अभिनय रहेको छ।

फिल्मलाई मह सञ्चारको ब्यानरमा निर्माण गरिएको छ भने यसका प्रस्तुतकर्ता किरण केसी हुन्। फिल्ममा हरिवंश आचार्यको कथा रहेको छ। पटकथालाई निर्देशक भट्टराई र दीपकराज गिरी तथा संवाद भने निर्देशक भट्टराईले कथाकार हरिवंश आचार्यसंग मिलेर तयार गरेका हुन्।

यसमा छायाँकन दीर्घ गुरुङको रहेको छ भने सम्पादन मित्र गुरुङले गरेका हुन्। फिल्म चैत ९ मा रिलिज हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell