PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

स्वप्न सुमन र ज्यासमिन खड्का 'फेस अफ सोमर्सबी'



पहिलोपोस्ट

स्वप्न सुमन र ज्यासमिन खड्का 'फेस अफ सोमर्सबी'

काठमाडौं: गायक स्वप्न सुमन र मोडल ज्यासमिन खड्का 'फेस अफ सोमर्सबी' चयन भएका छन्। गोर्खा ब्रुअरीको उत्पादन सोमर्सबीले भ्यालेन्टाइन डे लक्षित क्याम्पेनमा उनीहरुलाई फेस अफ सोमर्सबी घोषणा गरेको हो।


सोमर्सबीका फ्यानहरुकालागि कम्पनीले युट्युब सेन्सेसन मानिएका गायक सुमनलाई चयन गरी विभिन्न प्रवर्द्धनात्मक कार्यक्रमहरु गर्ने जनाएको छ। गायक सुमनका १२ वटा गीत तथा भिडियोहरु १ करोड पटक युट्युबमा हेरिएका छन्। उनको द कफी सङ, के सारो राम्री भाको, ए हेल्लो, कसरी भनुँ, तथा म तिम्रो जस्ता गीतहरु चर्चित छन्।

युवा पुस्ता नै फ्यान फलोइङ भएका गायकलाई भ्यालेन्टाइन डे क्याम्पेनमा चयन गरेको सोमर्सबीले युवाहरुको चाहाना पूरा हुने रिफ्रेसिङ कार्यक्रमहरु ल्याउने पनि जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell