PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

किन सुरु हुन सकेन नेपाल-युएई को खेल?



पहिलोपोस्ट

किन सुरु हुन सकेन नेपाल-युएई को खेल?
फोटो : PaulRadley/Twitter

काठमाडौं : नामिबियामा भइरहेको आइसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन टू अन्तर्गत नेपाल र युएईबीच आज तय भएको खेलको अझैसम्म सुरु हुन सकेको छैन। विन्डहोकस्थित युनाइटेड मैदानमा सवा १ बजे हुने भनिएको खेलको टस समेत भएको छैन।

हिजो र गएरातीको वर्षाका कारण मैदान भिजेको र ओसिलो भएका कारण टस हुन नसकेको नामिबियामा रहेका युएईका पत्रकार पउल रोड्लीले जनाएका छन्।

विन्डहोकमा अहिले घाम लागेपनि टस हुन अझै समय लाग्ने उनले जनाएका छन्।

डिभिजन टू को शीर्ष दुईमा रहन नेपाल र युएई दुवैका लागि आजको खेल महत्वपूर्ण छ। दुवैले यसअघि खेलेका दुईमध्ये एक-एक खेल जितेका छन् भने एक-एक खेलमा हार बेहोरेका छन्।

नेपाल र युएईले समान दुई खेलबाट २-२ अंक जोडेका छन्। यसअघिका दुवै खेल जितेको क्यानडा ४ अंकका साथ शीर्ष स्थानमा छ।

आजै क्यानडा र केन्या तथा नामिबिया र ओमानबीचको खेल भने भइरहेको छ।

 

डिभिजन टू : दोस्रो जितको खोजीमा नेपाल र युएई

नेपाल vs युएई : प्लेअर्स टु वाच



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell