PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

मार्दीमा ट्रेकिङ गएकी काठमाडौंकी विपनाको खोंचमा खसेर मृत्यु



पहिलोपोस्ट

मार्दीमा ट्रेकिङ गएकी काठमाडौंकी विपनाको खोंचमा खसेर मृत्यु

काठमाडौंः कास्कीको माछापुच्छ्रे गाउँपालिकास्थित मार्दी हिमालमा ट्रेकिङ गएकी विपना उप्रेतीको खोंचमा खसेर मृत्यु भएको छ।

मणिपाल शिक्षण अस्पताल पोखरामा एमबिबिएस तेस्रो बर्षमा अध्ययनरत २१ वर्षीया उप्रेती ट्रेकिङबाट फर्कने क्रममा देउराली (तल्लो भ्यू प्वाईन्ट) स्थित बाटोबाट करीब १ सय ५० मिटर तल खसेकी थिइन्।

प्रहरी टोली पुग्दा उनी मृत भेटिएको कास्कीका एसपी अशोक सिंहले जानकारी दिए। उनको शव काठमाडौं पठाइसकेको सिंहले बताए।

काठमाडौं महानगरपालिका–३ बसुन्धारा घर भई हाल मणिपालमा अध्ययनरत उनीसँगै कलेजका पाँच जनासँगै ट्रेकिङ गएका थिए। ट्रेकिङबाट फर्कने क्रममा शनिबार उनी खाेंचमा खसेपछि उनीसँगै गएका साथीहरुले प्रहरीलाई खबर गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell