PahiloPost

Sep 12, 2025 | २७ भदौ २०८२

फ्लोरमा ननिस्किएपछि दुई कलाकारले छाडे 'रानीमहल'



पहिलोपोस्ट

फ्लोरमा ननिस्किएपछि दुई कलाकारले छाडे 'रानीमहल'

काठमाडौं: दुई कलाकारले फिल्म 'रानीमहल' छोडेका छन्। औपचारिक घोषणा भएको दुई सातामै अभिनेत्री वर्षा सिवाकोटी र कलाकार प्रशान्त ताम्राकारले फिल्मबाट हात झिकेका हुन्। सार्वजनिक जानकारी अनुसार फिल्मको छायांकन समयमा नहुँदा कलाकार एवं केही आन्तरिक क्रुले पनि फिल्म छाडे।

असारबाट सुरु हुने भनिएको फिल्म युनिट वर्षको अन्तिमसम्म पनि छायांकनका लागि फ्लोरमा निस्किएको छैन। फिल्म युनिट माघ तेस्रो साताबाट छायांकनको लागि फ्लोरमा उत्रने भनिएको थियो। यसअघि कलाकारहरु पल शाह र प्रदिप खड्काले रानीमहलमा काम गर्न अस्विकार गरेको खबर सार्वजनिक थियो।

माघ १२ गते मात्र तीन नव कलाकार आशिष अधिकारी, साहिल श्रेष्ठ र मानस्वी खरेलको नामसहित वर्षा सिवाकोटी र प्रशान्त ताम्राकार अनुबन्धित रहेको भनिएको थियो।

त्रिकोणात्मक प्रेम कथा रहने फिल्मलाई हिमाल न्यौपानेले निर्देशन गर्ने भनिएको छ। फिल्ममा अन्य कलाकार नीर शाह, बिएस राना, केशव भट्टराई, युनिता खत्री, बासु खनाल, शिलु पोखरेल लगायत पनि देखिदैछन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell