PahiloPost

May 12, 2024 | ३० बैशाख २०८१

वीरगंजबाट ५६ लाखसहित ४ हुन्डी गिरोह पक्राउ



राधेश्याम पटेल

वीरगंजबाट ५६ लाखसहित ४ हुन्डी गिरोह पक्राउ

वीरगंज: पर्सा प्रहरीले वीरगंजबाट ५६ लाख नेपाली रुपैयाँसहित चार जना हुन्डी कारोबारीलाई पक्राउ गरेको छ। प्रहरीले वीरगंज लिंक रोडस्थित दक्षिणकाली अटो पार्टसमा आज बिहान ११ बजे छापा हानी हुन्डी गिरोहका मुख्य कारोबारीसहित ४ जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा रक्सौलका बासिन्दा तथा मुख्य कारोबारी रितेशकुमार गुप्ता,घरधनी राजेश रौनियार तथा हन्डी कारोबार गिरोहको पसलमा काम गर्ने कुमालटोल वीरगंजका विमित अग्रवाल तथा मनोज पटेल रहेका छन्।

उनीहरुलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको पर्सा प्रहरीका प्रवक्ता तथा डिएसपी राजनकुमार लिम्बुले जानकारी गराए। प्रहरीले उनीहरुको साथबाट ५५ लाख ६४ हजार नगद बरामद गरेको बताएको छ। जिएसटी भारतमा लागु भएपछि वीरगंजका साना व्यापारीहरु भारतका पार्टीलाई पैसा पठाउन हुन्डी प्रयोग गर्दै आएका छन्।

बैंकिक च्यानलबाट भारत पैसा पठाउन राष्ट्र बैंकले कडाई गरेपछि निश्चित दरको कमिशन खाएर हुन्डी कारोबारीले भारतीय पार्टीले भारतीय पैसा भारतमै भुक्तानी गर्ने आर्थिक गतिविधिलाई हुन्डी कारोबार भन्ने गरिन्छ। यसलाई नेपालमा अवैधानिक आर्थिक गतिविधिको रुपमा संज्ञा दिइन्छ। यसअघि एक वर्ष अघि वीरगंजको रेशमकोठीबाट ८१ लाख नगदसहित वीरगंजका १२ जना हुन्डी गिरोह पक्राउ परेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell