PahiloPost

Sep 12, 2025 | २७ भदौ २०८२

पोखरामा फागुन १८ गते अन्तर्राष्ट्रिय रेस्लिङ हुने



पहिलोपोस्ट

पोखरामा फागुन १८ गते अन्तर्राष्ट्रिय रेस्लिङ हुने

काठमाडौं : नेपाल रिङ रेस्लिङ संघको आयोजनामा फागुन १८ गते अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिता 'आरडब्लु संग्राम' हुने भएको छ।

आइवार संघले पत्रकार सम्मेलन गर्दै होलीको अवसरमा पोखरको रंगशालमा चार देशका खेलाडीहरुले प्रतिस्पर्धा गर्ने जनाएको हो।

जसमा नेपालबाट नुवाकोटे टाइगर, ठाकु, डेभिड, साइन, ब्लेड लगायत खेलाडीले खेल्नेछन्। यस्तै अमेरिकाको प्रोरेस्लर गेमर, भारतका मास्क म्यान, ड्यानी, आर डि एक्स, ज्याक्स र निलले पनि प्रतिस्पर्धा गर्नेछन्।

यस्तै रसियन महिला रेस्लर मेफिस्तोका र नेपाली महिला रेसलर दिलासाले समेत प्रतिस्पर्धा गर्नेछिन्। उक्त प्रतियोगिताको डिस होम एक्सनले प्रत्यक्ष प्रशारण गर्नेछ।

संघले यसअघि अन्तर्राष्ट्रिय रिङ रेस्लिङ च्याम्पियनसिप आयोजना गरिसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell