PahiloPost

May 10, 2026 | २७ बैशाख २०८३

सन्दीप लामिछानेको प्रशंसा गर्दै दिल्लीले लेख्यो 'अनबिलिभेबल'



पहिलोपोस्ट

सन्दीप लामिछानेको प्रशंसा गर्दै दिल्लीले लेख्यो 'अनबिलिभेबल'

काठमाडौं : जब नेपाल र सन्दीप लामिछानेको खेल आउँछ आइपीएल खेल्ने टोली दिल्ली डेभरडेभिल्स आफ्नो नजर त्यतै लगाउँछ। नामिबियामा भइरहेको डिभिजन टू मा नेपालका युवा लेग स्पिनर सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गरिरहेका छन्। त्यसमा प्रशंसाको शब्द खर्च गर्न दिल्लीले कुनै कन्जुस्याई गरेको छैन।

कारण हो यसै सिजनको आइपीएलका लागि दिल्लीले सन्दीपलाई खरिद गर्नु।

त्यसैले गर्दा सन्दीप र नेपालको सबै गेम दिल्लीले फलो गरिरहेको छ। आइतवार युएई विरुद्धको खेलमा १८औँ ओभर बलिङ गर्दै पहिलो तीन बलमा दुई विकेट लिएपछि दिल्लीले फेरि सन्दीपको प्रशंसा गर्दै सामाजिक सञ्जालमा शब्द खर्चियो।

सन्दीपले लगातार दुई बलमा दुई विकेट लिएपछि दिल्ली अनबिलिभेबल भन्दै ट्वीटरमा पोस्ट गरेको हो।

सन्दीपले ह्याट्रिक मिस गरे पनि आफ्नो पहिलो ओभरमा कुनै रन नदिई २ विकेट लिएका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell