PahiloPost

May 10, 2026 | २७ बैशाख २०८३

कांग्रेस एक साताभित्र सरकारबाट बाहिरिन्छ: निधि



पहिलोपोस्ट

कांग्रेस एक साताभित्र सरकारबाट बाहिरिन्छ: निधि

काठमाडौंः नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले संघीय संसदले पूर्णता पाएसँगै कांग्रेस सरकारबाट बाहिरिने बताएका छन्।
 
निधिले पार्टीका तर्फबाट समानुपातिकतर्फ निर्वाचित हुनेको सूची निर्वाचन आयोगमा पठाउने अन्तिम गृहकार्य गरिरहेको भन्दै आगामी साता कांग्रेस सरकारबाट बाहिरिने बताएका हुन्।  

नेपाल दुग्ध विकास संस्थान कर्मचारी संघको १० औं केन्द्रीय महाधिवेशनको आज काठमाडौंमा उद्घाटन गर्दै निधिले राजनीतिक अस्थिरताका कारण सरकारी संस्थानहरु धरासायी भएको बताए। 

उनले जनतामाझ विश्वास आर्जन गरेका यस्ता सार्वजनिक संस्थान यो अवस्थामा पुग्नुमा मुख्य जिम्मेवारी नेतृत्वको भएको उल्लेख गरे।   

दुग्ध विकास संस्थानको दूध उत्पादन र वितरण प्रणालीमा  परिवर्तन ल्याउनु पर्ने आवश्यकतामा जोड दिँदै उनले गुणस्तरमा कुनै सम्झौता नगरी आफ्नो क्षेत्र विस्तार गर्न संस्थानका कर्मचारीहरुलाई आग्रह गरे। 

संघीय संरचनामा मुलुक अगाडि बढेपछि सरकारले प्रदेशमा खटाएका कर्मचारी कार्य क्षेत्रमा नगएको तर्फ ध्यानाकर्षण गराउँदै नेता निधिले संघीय संरचना अनुसार कर्मचारीले आफूलाई रुपान्तरण गर्नुपर्ने बताए। उनले संघीय शासन व्यवस्थाले मुलुकलाई समृद्धिको दिशामा अघि बढाउने विश्वास व्यक्त गरे। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell