PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

डिभिजन टू : युएई ११४ रनमा अलआउट, सोमपालको ४ तथा सन्दीपको ३ विकेट



पहिलोपोस्ट

डिभिजन टू : युएई ११४ रनमा अलआउट, सोमपालको ४ तथा सन्दीपको ३ विकेट

काठमाडौं : नामिबियामा भइरहेको आइसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन टू अन्तर्गत तेस्रो खेलमा युएईले नेपाललाई ११५ रनको लक्ष्य दिएको छ।

मैदान भिजेका कारण ३४ ओभरमा घटाइएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको युएई ३१ ओभरमा ११४ रनमा अलआउट भएको हो।

युएईलाई अलआउट गर्न नेपालका लागि सोमपाल कामीले सर्वाधिक ४ विकेट लिए भने सन्दीप लामिछानेले ३, कप्तान पारस खड्काले २ तथा करण केसीले १ विकेट लिए। सोमपाल र सन्दीपले ७ ओभर बलिङ गर्दा समान ३० रन खर्चे। सन्दीपले आफ्नो पहिलो ओभरमै दुई विकेट लिदै कुनै रन दिएका थिएनन्।

युएईका लागि साइमन अनवरले सर्वाधिक ३० रन बनाए। यस्तै एडनान मुफ्टीले १८, घुलाम शाबरले १६ तथा मोहमद बोताले १५ रन बनाए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell