PahiloPost

May 10, 2026 | २७ बैशाख २०८३

७१ यात्रु बोकेको विमान मस्कोमा दुर्घटना, जिवित उद्दारको सम्भावना न्यून



पहिलोपोस्ट

७१ यात्रु बोकेको विमान मस्कोमा दुर्घटना, जिवित उद्दारको सम्भावना न्यून
फोटो : रोयटर्स

मस्को : एउटा रसियन विमान मस्को नजिकै दुर्घटनामा परेको छ। विमानमा ७१ जना यात्रु रहेको बताइएको छ। विमान उडेको केही समयमा नै दुर्घटनामा परेको थियो। अहिलेसम्म जिवित व्यक्तिको उद्दार भएको खबर आएको छैन।

डोमोडेडोभो विमानस्थलबाट उडेको लगत्तै राडरको स्क्रिनमा विमान देखिन छाडेको थियो। विमान मस्कोबाट हजार माइल दक्षिणपूर्वको अर्स्कका लागि उडेको थियो।     

विमानस्थलबाट २५ माइल दुरीमा विमानको टुक्राहरु फेला परेको छ। हिउँले भरिएको क्षेत्रमा विमानका टुक्राहरु भेटिएको स्थानीय टेलिभिजनले देखाएका छन्। दुर्घटना भएको ठाउँ नजिकै घरहरु देखिएको छैन। दुर्घटनाको कुनै कारण खुल्न सकेको छैन।

फ्लाइटराडर ट्वान्टीफोरका अनुसार विमानले उडेलगत्तै ३ हजार ३ सय फिट प्रतिमिनेटको स्पिड लिएको थियो। सारातोभ एयरलाइन्सको फ्लाइट ७०३ मा ६५ यात्रु र ६ चालक दलका सदस्य गरी ७१ जना यात्रारत थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell