काठमाडौं : घरेलु टोलि नामिबियामाले डिभिजन टू मा पहिलो जित हात पारेको छ। आइतवार भएको खेलमा नामिबियाले ओमानलाई २ विकेटले पराजित गरेको हो।
ओमानले दिएको १६६ रनको लक्ष्य नामिबियाले २ बल बाँकि छदा ८ विकेट गुमाएर पुरा गर्यो।
त्यसअघि वन्डरर्समा टस हारेर पहिले ब्याटिङ गरेको ओमानले ४८.५ ओभरमा अलआउट हुँदै १६५ रन बनाएको थियो।
नामिबियालाई पहिलो खेलमा नेपालले पराजित गरेको थियो। नामिबिया र केन्याबीचको खेल वर्षाका कारण दुई पटक रोकिइसकेको छ र मंगलवारको लागि तय भएको छ।
ओमानको भने यो दोस्रो हार हो। पहिलो खेलमा क्यानडासँग हारेको ओमानले दोस्रो खेलमा नेपाललाई पराजित गरेको थियो।
आइतवारै क्यानडाले केन्यालाई हराउँदै लगातार तेस्रो जित निकालेको छ। क्यानडा ३ खेलबाट ६ अंक जोड्दै शीर्ष स्थानमा छ।
युएईलाई पराजित गर्दै ३ खेलबाट ४ अंक जोडेको नेपाल दोस्रो स्थानमा उक्लेको छ।
पहिलो जितपछि नामिबियाले पनि अंकको खाता खोलेको छ। दुई हार बेहोरेको केन्या अंकविहिन छ।