
स्पानिस ला लिगामा आइतवार लिग लिडर बार्सिलोना गेटाफेसँग बराबरिमा रोकिएको छ। गेटाफेले घरेलु मैदानमा बार्सिलोनालाई गोलरहित बराबरीमा रोकेको हो।
लियवनल मेसी, लुइस सुवारेज, फिलिप काउटिन्हो जस्ता स्टार खेलाडी खेलाउँदा समेत बार्सिलोनाले गोल गर्न सकेन।
बराबरिपछि २३ खेलबाट ५९ अंक जोडेको बार्सिलोना दोस्रो स्थानको एथ्लेटिको भन्दा ५ अंकले अगाडी छ।
यस्तै आइतवारै भएको खेलमा सेभिया गिरोनालाई १-० ले पराजित गर्दै छैटौँ स्थानमा उक्लेको छ। सेभियाको जितमा पाब्लो सरावियाले एक मात्र गोल गरे। गिरोनाले पेनाल्टीको अवसर पाएपनि अडाए गोल गर्न चुकेको थिए। जितपछि सेभियाले २३ खेलबाट ३६ अंक जोडेको छ।