
प्रिमिरयर लिग अन्तर्गत आइतवार भएको खेलमा दोस्रो स्थानको म्यानचेष्टर युनाइटेड पराजित हुँदा लिभरपुल विजयी भएको छ।
युनाइटेडलाई न्युकासलले १-० ले पराजित गरेको हो। न्यूकासलको जितका एक मात्र निर्णायक गोल म्याच रिचीले गरे।
हारपछि २७ खेलबाट ५६ अंक रहेको युनाइटेड दोस्रो स्थानमा यथावत छ। युनाइटेड पराजित हुँदा उता लिभरपुलले साउथह्याम्पटनलाई २-० ले पराजित गर्दै तेस्रो स्थानमा उक्लेको छ। लिभरपुलले युनाइटेडसँग अकदूरी समेत २ मा झारेको छ भने चौथो स्थानको टोटनहममाथि २ अकको अग्रता कायम गरेको छ।
लिभरपुलकव जितमा रोवर्टो फिर्मिनो र मोहमद सलाहले एक-एक गोल गरे।