PahiloPost

Sep 12, 2025 | २७ भदौ २०८२

प्रदेश ५ को सभामुखमा माओवादीका पूर्ण घर्ती, दुई मन्त्रीको नाम तय



पहिलोपोस्ट

प्रदेश ५ को सभामुखमा माओवादीका पूर्ण घर्ती, दुई मन्त्रीको नाम तय

रूपन्देहीः प्रदेश नम्बर ५ को सभामुखमा माओवादी केन्द्रले रुकुमका पूर्ण घर्तीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

आइतबार राति सम्पन्न माओवादी प्रदेश संसदीय दलको बैठकले घर्तीलाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको हो। बैठकले संसदीय दलको उपनेतामा प्युठानका कृष्णध्वज खड्का, प्रमुख सचेतकमा रुपन्देहीका दधिराम न्यौपाने र सचेतकमा दाङकी दामा शर्मालाई चयन गर्ने निर्णय गरेको हो।

सभामुखमा गुल्मीका सुदर्शन बराल र घर्तीको नाम चर्चामा आए पनि दलले घर्तीलाई सभामुखमा पठाउने निर्णय गरेको हो। माओवादीले यसअघि नै रोल्पाका कुलप्रसाद केसीलाई संसदीय दलको नेता चयन गरिसकेको छ।

संसदीय दलको नेता र उपनेतालाई मन्त्रिपरिषदमा पठाउने व्यक्ति छनोट गर्ने जिम्मा दिइएको समेत माओवादी श्रोतले जानकारी दिएको छ।

पहिलो चरणको मन्त्रिपरिषदमा एमालेबाट बैजनाथ चौधरी र माओवादीबाट सुदर्शन बरालललाई नियुक्त गरिने पार्टी निकट स्रोतले बतायो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell