PahiloPost

Sep 12, 2025 | २७ भदौ २०८२

अख्तियारका प्रमुख बस्न्यातको आज बिदाइ हुँदै, को बन्ला प्रमुख आयुक्त?



पहिलोपोस्ट

अख्तियारका प्रमुख बस्न्यातको आज बिदाइ हुँदै, को बन्ला प्रमुख आयुक्त?
तस्वीर : फाइल

काठमाडौँः अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त दीप बस्न्यातको आज बिदाइ हुँदैछ। उमेरहदका कारण बस्न्यातले अवकाश पाएका हुन्। फागुन २ गतेदेखि बस्न्यातको कार्यकाल सकिने भए पनि १ गते सार्वजनिक बिदा परेकाले बस्न्यातको सोमबार नै बिदाइ हुन लागेको हो।

बस्न्यात ०७१ फागुन १५ गते अख्तियारको आयुक्तमा सिफारिस भएका थिए। ०७४ पुसमा तत्कालीन प्रमुख आयुक्त लोकमानसिंह कार्कीको नियुक्ति सर्वोच्चले बदर गरेपछि बस्न्यातले कार्यबहाक प्रमुखको भूमिका निभाएका थिए।

संवैधानिक समितको सिफारिस र संसदीय सुनुवाइको अनुमोदनपछि ०७४ जेठ ८ गतेदेखि बस्न्यातले प्रमुख आयुक्तको जिम्मेवारी सम्हालेका थिए। बस्न्यातको अवकाशपछि अख्तियारको कार्यबहाक प्रमुख आयुक्तको जिम्मेवारी आयुक्त नवीनकुमार घिमिरेले पाउनेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell