PahiloPost

Sep 12, 2025 | २७ भदौ २०८२

ओली-प्रचण्ड ‘वान टु वान’ वार्तामा, पार्टी एकताबारे छलफल हुने



पहिलोपोस्ट

ओली-प्रचण्ड ‘वान टु वान’ वार्तामा, पार्टी एकताबारे छलफल हुने
तस्वीर : फाइल

काठमाडौंः पार्टी एकताका विषयमा छलफल गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ छलफलमा जुटेका छन्। 

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड चितवनबाट फर्केपछि ललितपुरमा दुई अध्यक्ष गोप्य भेटर्वातामा जुटेका हुन्। भेटवार्तापछि पार्टी एकता संयोजन समितिको बैठक बोलाउने तयारी समेत रहेको ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए। 

निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनको परिणाम शनिबार राष्ट्रपतिलाई बुझाइसकेको छ। प्रतिनिधिसभाको नतिजा समेत फागुन पहिलो सातासम्म राष्ट्रपतिलाई बुझाउने तयारीमा आयोग जुटेको छ। 

योसँगै फागुन दोस्रो सातामा नयाँ सरकार गठन गर्न सक्ने गरी बाटो खुल्ने छ। 

तर नयाँ सरकार गठनको समय नजिकिँदै गर्दा स्पष्ट बहुमत पाएको वाम गठबन्धनभित्र आशंका उत्पन्न भएका छन्। 

नयाँ सरकार गठनअघि पार्टी एकता गर्नुपर्ने पक्षमा माओवादी केन्द्र रहेको भने एमाले सरकार गठन र पार्टी एकता सँगैसँगै अघि बढाउने पक्षमा रहेको छ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले चितवनमा रहँदा पार्टी एकतामा आशंका पैदा गर्ने खालको अभिव्यक्ति दिएका थिए। उनले भनेका थिए, ’म अहिले जुन किसिमले हिँडेको छु, यसबाट देश र जनतालाई फाइदा पुग्ने लागेन भने म फड्को मार्न सक्छु।’ 

यता शनिबार बसेको एमाले स्थायी कमिटी बैठकमा पनि पार्टी एकताको विषयमा छलफल भएको थियो। बैठकमा एमाले अध्यक्ष ओलीले पार्टी एकताबारे ‘वान टु वान’ वार्तामा भएको प्रगति विवरण जानकारी गराएका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell