
काठमाडौं : नामिबियामा भइरहेको डिभिजन टू मा नेपालले आफ्नो चौथो खेलमा आज केन्या विरुद्ध खेल्दैछ। नेपालले टस जितेर पहिले फिल्डिङ रोज्दै केन्यालाई ब्याटिङको निम्तो दिएको छ।
नेपालका प्रशिक्षक जगत टमाटाले केन्या विरुद्ध पहिले फिल्डिङ गरेमा विपक्षीलाई १४० सम्म रोक्ने बताएका छन्।
यसै खेलबाट नेपालका अनिल कुमार शाहले डेब्यु गर्दैछन्। प्रशिक्षक टमाटाले यसअघि पहिलोपोस्टसँगको कुराकानीमा मैदानको कन्डिसन र विकेट हेरेर खेलाडी परिवर्त गर्ने बताएका थिए।