PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

मोफसल यात्रामा 'कान्छी' युनिट, प्रचारमा जुटे श्वेता र दया



पहिलोपोस्ट

मोफसल यात्रामा 'कान्छी' युनिट, प्रचारमा जुटे श्वेता र दया

फागुन ४ गतेदेखि प्रदर्शनमा आउने फिल्म 'कान्छी' प्रचारको लागि निर्माता तथा अभिनेत्री श्वेता खड्का र अभिनेता दयाहाङ राई मोफसल यात्रामा छन्। यात्राको पहिलो दिन युनिट चितवन पुग्यो। चितवन, भरतपुरमा आइतबार पत्रकार सम्मेलन आयोजना गरी फिल्म बारे जानकारी दिइयो।

फिल्म कोहिनूर प्रदर्शनपछि कान्छीबाट कमब्याक गरेकी श्वेताले सम्मेलनमा आफ्नो पहिलो फिल्म कहाँ भेटिएला छायांकनको क्षण सम्झिइन्। उक्त फिल्मको छायांकन चितवनमा भएको थियो।  

फिल्म युनिट पोखरामा पनि पत्रकार सम्मेलन आयोजना गरी काठमाडौं फर्कने छ।

याम थापाको स्क्रिप्ट रहेको कान्छीमा श्वेता र दयासँगै नीर शाह, नायिका अनु शाह, कामेश्वर चौरसिया, आशान्त शर्मा, भूमिका श्रेष्ठ लगायत कलाकारको अभिनय रहेको छ। फिल्मलाई पुरुषोत्तम प्रधानले खिचेका हुन् । 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell