PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

नग्मा श्रेष्ठ बनिन् 'योण्डर म्युजिक नेपाल'को नयाँ अनुहार



पहिलोपोस्ट

नग्मा श्रेष्ठ बनिन् 'योण्डर म्युजिक नेपाल'को नयाँ अनुहार

काठमाडौं: मिस युनिभर्स नेपाल २०१७ म्युजिक स्ट्रिमिङ्ग एप्लिकेसन योण्डर म्युजिकको ब्राण्ड प्रवद्र्धक बन्ने भएकी छिन्। योण्डर म्युजिकले उनको व्यक्तित्व र प्रेरणादायी जीवनलार्इ एनसेल नेटवर्कमा स्मार्ट फोनबाट सुन्न सक्ने बनाउन लागेको विज्ञप्तीमा जनाइएको छ।

नग्मा एप्लिकेसनको राष्ट्रिय गीत प्रवद्र्धनात्मक कार्यक्रमहरुमा समावेश हुनेछिन्। टेलिभिजन कार्यक्रम प्रस्तोताको रुपमा धेरै वर्ष काम गरेकी नग्माको संगीत, र फेशनप्रति लगाव छ।

सन् २०१२ मा नेपाललाई फिलिपिन्समा आयोजितमिस अर्थ पेजेन्टमा प्रतिनिधित्व गरेकी थिइन् जसमा उनी शिर्ष आठमा पर्न सफल भएकी थिइन्। सन् २०१७ को मिस युनिभर्समा नेपाललाई सहभागी बनाउन उनले गरेको पहलपछि चर्चामा रहिन्। र पहिलोपटक उक्त प्रतियोगितामा उनलेनै नेपालको प्रतिनिधित्व समेत गरिन्।

नग्मा पनि 'योण्डर म्युजिक नेपाल'को लागि आफू चयन हुँदा निकै उत्साहित छिन्। उनले आफ्नो व्यक्तिगत र सामाजिक नेतृत्व विकासका लागि कम्पनीको निर्णय महत्वपूर्ण रहने बताइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell