काठमाडौं: अङ्ग्रेजी महिना फेब्रुअरी ७ देखि १४ तारिखलाई भ्यालेन्टाइन्स सप्ताहको रुपमा मनाइरहँदा यसको चर्चा नेपालमा पनि बढ्दो छ। जसको प्रवाभ कलाकारिता क्षेत्रमा पनि देखिन्छ। यसै साता आधा दर्जनभन्दा बढी प्रेम गीत सार्वजनिक भए। गायक जिविहाङ राईले पनि भ्यालेन्टाइन विशेष गीत इन्टरनेट रिलिज गरे। 'हिक्क हिक्क' बोलको गीतको अडियो डिडस पिक्चर्समार्फत् सार्वजनिक भएको हो।
सार्वजनिक गीतमा राईको संगीत तथा स्वर रहेको छ भने विजयकुमार पाण्डेले शब्द दिएका छन्। राजु कार्कीले एरेन्ज गरेको गीतको अडियो सम्पादन डिडस गजुरेलले गरेका हुन्।