काठमाडौं : डिभिजन टू अन्तर्गत आफ्नो चौथो खेलमा नेपालले केन्यासँग खेलिरहेको छ। नेपालका युवा लेगस्पिनर सन्दीपले ४ विकेट लिएपछि खेलमा नेपालले पकड कायम गरेको छ भने केन्या दबाबमा परेको छ।
आफ्नो पहिलो स्पेलमा दुई विकेट लिएका सन्दीपले ३४औँ ओभरको पहिलो र दोस्रो बलमा लगातार दुई विकेट लिएका थिए।
सन्दीपले ओपनर एकेक्स ओबान्डा, धिरेन गोन्डरिया, कप्तान राकेप पटेल र रुसान पटेलको विकेट लिएका हुन्।
