PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

कोलकातामा बिमल घर्तीले जुराएको त्यो गोल…



पहिलोपोस्ट

कोलकातामा बिमल घर्तीले जुराएको त्यो गोल…

भारतको मोहन बगान क्लबबाट आइलिग खेलिरहेका नेपाली स्ट्राइकर बिमल घर्तीमगरको पासमा मोहन बगान क्लबले बराबरी गरे पनि अन्तिममा पराजित नै रह्यो। खेलको ७७ औँ मिनेटसम्म कुनै टिमले गोल गर्न सकिरहेको थिएन। ७७ ‍औ मिनेटमा मोहम्मद आज्मीले गोल गर्दै गोकुलम केरला एफसीलेलाई अग्रता दिलाएका थिए।

त्यसको १ मिनेट नपुग्दै बिमल घर्ती  मगरले डिकालाई पास उपलब्ध गराए। डिकाले हेडिङ मार्फ आकर्षक गोल गर्दै मोहन बगानलाई बराबरीमा ल्याए।

मोहन बगानको खुशी लामो समय भने टिकेन। खेलको ९० मिनेटमा हेनरी किशेकाले गोल गर्दै गोकुलम केरला एफसीलाई अग्रता दिलाए। त्यही गोल नै जितको पर्याप्त आधार बन्यो। थप गरिएको सात मिनेटमा मोहन बंगालले जादु गर्न सकेन।

आजको खेल बिमल घर्ती मगरको आइलिगमा तेस्रो खेल हो। उनी खेलको ६५‍ मिनेटमा अक्रमको स्थानमा मैदान प्रवेश गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell