PahiloPost

May 15, 2024 | २ जेठ २०८१

कांग्रेस पस्नासाथ समानुपातिकबाट सांसद बन्ने यी दुई व्यापारी



नेत्र तामाङ

कांग्रेस पस्नासाथ समानुपातिकबाट सांसद बन्ने यी दुई व्यापारी

काठमाडौ : प्रतिनिधि सभा निर्वाचन अगाडि मात्र पार्टी प्रवेश गर्ने दुई व्यापारी नेपाली कांग्रेसबाट समानुपातिक सांसद बन्ने भएका छन्। 

नेपालका एक मात्र डलर अर्बपति विनोद चौधरी संविधानसभामा एमालेबाट समानुपातिकमा निर्वाचित भएका थिए। यस पटकको निर्वाचन अगाडि उनी एमाले छाडेर कांग्रेस प्रवेश गरे। पार्टीले उनलाई मधेसी कोटामा पहिलो नम्बरमा बन्दसूचीमा नाम राखेको थियो। 

सोमबार पार्टीले निर्वाचन आयोगमा पठाएको सूचीमा चौधरीको पनि नाम रहेको छ।

यसैगरी राप्रपा छाडेका व्यवसायी सूर्यबहादुर केसी यसपटक नेपाली कांग्रेसबाट प्रतिनिधि सभा यात्रा गर्दैछन्। खस आर्य समूहमा पाँचौँ नम्बरमा उनको नाम रहेको भए पनि कांग्रेसले पाएको ४० समानुपातिक सदस्यमध्ये २० पुरुषको नाममा उनी पनि समेटिएका छन्। 

केसी गत कात्तिक ११ गते कांग्रेस प्रवेश गरेका थिए। राप्रपाका पूर्व कोषाध्यक्षसमेत रहेका केसी रारा चाउचाउका मालिक हुन् भने पछिल्लो समय उनले हाइड्रोमा लगानी बढाएका छन्।

कास्कीबाट सभासद् बनिसकेका उनी राप्रपामा आन्तरिक कलह बढेको भन्दै कांग्रेसमा प्रवेश गरेका थिए। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell