PahiloPost

Sep 12, 2025 | २७ भदौ २०८२

रोहितको टोली पर्सिजा इन्डोनेसियन प्रेसिडेन्ट कपको फाइनलमा



पहिलोपोस्ट

रोहितको टोली पर्सिजा इन्डोनेसियन प्रेसिडेन्ट कपको फाइनलमा

काठमाडौं : नेपाली फुटबलर रोहित चन्द खेल्ने पर्सिजा जाकार्ता इन्डोनेसियाको प्रेसिडेन्ट कपको फाइनलमा प्रवेश गरेको छ। पिएसएमएस मेदानलाई समगष्रमा ५-१ ले पराजित गर्दै पर्सिजा उपाधि नजिक पुगेको हो।

अवे मैदानमा भएको पहिलो लेग ४-१ ले जितेको पर्सिजाले दोस्रो लेग १-० ले जितेको हो। पहिलो लेगमा ह्याट्रिक गरेका मार्को सिमिचले दोस्रो लेगको एक मात्र गोल गरे।

पर्सिजाले अब उपाधिका लागि बाली युनाइटेड र श्रीविजयबीचको विजेतासँग खेल्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell