काठमाडौं : प्रदेश नम्बर ३ मा तीन सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ। एमालेबाट मुख्यमन्त्री बनेका डोरमणी पौडेलले मुख्यमन्त्रीको शपथ ग्रहण गरेसँगै अन्य दुई मन्त्रीले पनि आजै शपथ ग्रहण गरेका छन्।
एमालेबाट केशव स्थापित र माओवादी केन्द्रबाट शालिकराम जम्मरकट्टेले शपथ ग्रहण गरे। उनीहरुलाई प्रदेश ३ की प्रदेश प्रमुख अनुराधा कोइरालाले सपथ ग्रहण गराएकी हुन्।
स्थापितले भौतिक पूर्वाधार मन्त्रालय समाल्नेछन् भने जम्मरकट्टेल आन्तरिक मामिला तथा कानुन मन्त्रालय सम्हाल्नेछन्।