PahiloPost

May 13, 2026 | ३० बैशाख २०८३

प्रदेश ६ को सभामुखमा शाहीले लिए शपथ



पहिलोपोस्ट

प्रदेश ६ को सभामुखमा शाहीले लिए शपथ

काठमाडौं: प्रदेश नम्बर ६ मा राजबहादुर शाहीले सभामुखको शपथ ग्रहण गरेका छन्। उनले आज साँझ प्रदेश प्रमुख दुर्गाकेशर खनालबाट शपथ ग्रहण गरेका हुन्। 

प्रदेश ६ मा आईतबार सभामुखको मनोनयन दर्ता गर्ने कार्यक्रम थियो। मनोनयन दर्ता कार्यक्रममा शाहीले मात्र मनोनयन दर्ता गराएका थिए। 

सभामुखको लागि एक जनाको मात्र मनोनयन दर्ता भएपछि शाही निर्विरोध भएका थिए। उनलाई आज बसेको प्रदेश सभा बैठकले निर्विरोध निर्वाचित भएको घोषणा गरेको थियो। नेकपा एमालेका नेता रहेका शाही दैलेखबाट निर्वाचित भएका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell