PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

न्यू डायमण्ड र एपीएफ उपाधिका लागि भिड्ने



पहिलोपोस्ट

न्यू डायमण्ड र एपीएफ उपाधिका लागि भिड्ने

चितवन : शिवम् न्यू डायमण्ड र एपीएफ प्रथम मेयर कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबल प्रतियोगताको उपाधि नजिक पुगेका छन। सोमबार भएको सेमिफाइनलमा खेलमा न्यू डायमण्ड एकेडेमीले नेपाल आर्मीलाई तथा सशस्त्र प्रहरीको एपीएफ क्लबले नेपाल पुलिसलाई समान ३–० को सोझो सेटमा हराउँदै उपाधि भिडन्त पक्का गरेका हुन्।

चितवनको पटिहानीमा भएको प्रतियोगिताको सेमिफाइनलमा न्यू डायमण्डले आर्मीलाई २५–१४, २५–१२, २५–२१ को सेटमा पराजित गर्‍यो। अर्को सेमिफाइनलमा पुलिसले कडा चुनौती दिएपनि एपीएफ २५–१४, २७–२५, २५–१५ ले विजयी भयो।

प्रतियोगिताका विजेताले २ लाख, उपविजेताले एक लाख रुपैयाँ ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछन्। यस्तै तृतीय हुने टिमले ५० हजार रुपैयाँ ट्रफी, मेडल र प्रमाण पत्र र सान्त्वना हुने टिमले २५ हजार ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन्।

उत्कृष्ट खेलाडीले नगद १० हजार रुपैयाँ प्राप्त गर्नेछ भने अन्य विभिन्न चार विद्यामा उत्कृष्ट हुने खेलाडीले पाँच हजार रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell