PahiloPost

May 10, 2026 | २७ बैशाख २०८३

ल्यापटप चोर्ने र किन्ने गिरोह प्रहरी फन्दामा



पहिलोपोस्ट

ल्यापटप चोर्ने र किन्ने गिरोह प्रहरी फन्दामा

काठमाडौं : राजधानीमा ल्यापटप चोरी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ। 

महानगरीय प्रहरी बृत्त नयाँ बानेश्वरको टोलीले चोरी गरिएका विभिन्न कम्पनीका २० थान ल्यापटप सहित ६ जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा सुनसरी घर भएका १९ वर्षीय हिमाल रसाइली, इलामका २८ वर्षीय विनोद खड्का, स्याङ्जाका ३९ वर्षीय दिलिप पौडेल, रौतहटका ४२ वर्षीय अजय कुमार जैसवाल, गुल्मीका ३० वर्षीय गणेश पन्थी र दोलखाका ३० वर्षीय देवराज भुजेल रहेका छन्। 

पक्राउ पर्नेमा रसाइली बाहेक अन्य ल्यापटप पसल संचालक हुन्। उनीहरुले चोरी गरिएका ल्यापटप कम मुल्यमा खरिद गर्ने गरेको बृत्तका प्रमुख डिएसपी रवि पौडेलले बताए। 

बुद्धनगरमा अनिल उपाध्यायले संचालन गरेको कम्पनीबाट ल्यापटप हराएको उजुरी परेपछि प्रहरीले कम्पनीमा रहेको सिसिक्यामरामा कैद दृष्यको आधारमा अनुसन्धान शुरु गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell