PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

डिभिजन टू : युएईको दोस्रो जित, ओमानको तेस्रो हार



पहिलोपोस्ट

डिभिजन टू : युएईको दोस्रो जित, ओमानको तेस्रो हार

काठमाडौं : नामिबियामा भइरहेको डिभिजन टू क्रिकेटमा युएईले दोस्रो जित हात पारेको छ। सोमवार भएको खेलमा युएईले ओमानलाई ४६ रनले पराजित गर्‍यो।

टस जितेर पहिले ब्याटिङ गरेको युएईले ४६ ओभरमा अलआउट हुँदै १५९ रन बनाएको थियो। जवाफमा १६० रनको लक्ष्य पछ्याएको ओमान ३६.५ ओभरमा ११३ रनमै अलआउट भयो।

चार खेल खेलिसक्दा युएईले दुई जित र दुई हारको नतिजा निकालेको हो। उता ओमानको भने यो तेस्रो हार हो।

४ खेलबाट ४ अंक जोडेको युएई  रनरेटमा नेपाललाई पछि पार्दै दोस्रो स्थानमा उक्लेको छ भने ४ खेलबाट २ अंक मात्र रहेको ओमान पाँचौ स्थानमा छ। नेपाल अहिले केन्यासँग खेलिरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell