PahiloPost

Jun 7, 2025 | २५ जेठ २०८२

राजपाको समानुपातिक सूचीमा अन्तिम समयमा संशोधन, मुस्लिम महिलाको नाम हटाई खसआर्यबाट राखियो



बीपी साह

राजपाको समानुपातिक सूचीमा अन्तिम समयमा संशोधन, मुस्लिम महिलाको नाम हटाई खसआर्यबाट राखियो
चुन्नी खातुन

काठमाडौँ : समानुपातिकतर्फको प्रतिनिधि सभा सदस्यको टुंगो लगाइसकेको राष्ट्रिय जनता पार्टी(राजपा) नेपालले अन्तिम समयमा सूची संशोधन गरेर निर्वाचन आयोगलाई बुझाएको छ।

राजपा अध्यक्ष मण्डलको बैठकले मुस्लिम महिलामा चुन्नी खातुनको नाममा सहमति गरेको थियो। तर अन्तिम समयमा केही नेताहरुको असन्तुष्टिका कारण खातुनको नाम हटाई खसआर्यबाट रेणु शर्माको नाम थप गरिएको अध्यक्ष मण्डलका सदस्य अनिल झाले पहिलोपोस्टलाई बताए। 

यसअघि राजपा अध्यक्ष मण्डलको अज्ञातस्थलमा बसेको बैठकले रानी मण्डल, अमृता अग्रहरी, निर्जला राउत, दुलारीदेवी खंग, चन्दा चौधरी र 
चुन्नी खातुनको नाममा सहमति गरेको थियो। राजपाले समानुपातिकमा ६ सिट पाएकोमा सबैजना महिला पठाउनुपर्ने संवैधानिक बाध्यता रहेको छ।



 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell