PahiloPost

May 15, 2024 | २ जेठ २०८१

समानुपातिक सूचीमा कहाँ चिप्लियो कांग्रेस? बुझाइएको सूचीबाट को हुँदैछ 'इन', को 'आउट'?



नेत्र तामाङ

समानुपातिक सूचीमा कहाँ चिप्लियो कांग्रेस? बुझाइएको सूचीबाट को हुँदैछ 'इन', को 'आउट'?

काठमाडौं : नेपाली कांग्रेसले आज प्रतिनिधिसभातर्फ निर्वाचित हुनुपर्ने भन्दै ४० जनाको समानुपातिक सूची निर्वाचन आयोगमा बुझायो।
समानुपातिक सूची बुझाएको केही घन्टामै आयोगले दुई दिनभित्र सूची सच्याएर पठाउन निर्देशन दिएको छ।

बन्दसूचीमा उल्लेख भएअनुसारका नाम सिफारिस प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४ अनुसार समावेशी समूहको प्राथमिकता क्रमलगायतको आधारमा छनौट नभएको आयोगले जनाएको छ।
 


ऐनमा समावेशी आधारका लागि समानुपातिक उम्मेदवारमा दलित १३.८ प्रतिशत, आदिवासी जनजाति २८.७, खस आर्य ३१.२, मधेसी १५.३, थारू ६.६ र मुस्लिम ४.४ प्रतिशत तोकिएको छ।

त्यसैगरी ऐनको दफा ६० को उपदफा ६ मा सूचीमा यथासम्भव पिछडिएको क्षेत्र तथा अपाङ्गता भएको व्यक्तिको समेत प्रतिनिधित्व गराउनु पर्ने उल्लेख छ। 


कांग्रेसले बुझाएको समानुपातिक सूचीमा पिछडिएको क्षेत्रको प्रतिनिधित्व छुटेको छ।  नियमानुसार यसमा एक जना महिला र एकजना पुरुष सूचीमा अट्नुपर्ने हो। यी मध्ये रंगमती शाही र रामबहादुर विष्ट छुटेका छन्।

शाही पिछडिएको क्षेत्रबाट पहिलो नम्बरमा बन्दसूचीमा समावेश महिला हुन्। उनी खस आर्यसमेत भएकी भएर सच्याएर जाने सूचीमा उनको नाम पर्ने लगभग निश्चित भएको नाम उल्लेख गर्न नचाहने कांग्रेसका एक नेताले बताए।

त्यसैगरी विष्ट पिछडिएको क्षेत्रबाट पहिलो पुरुष हुन्। उनी पनि खस आर्य हुन्। विष्ट पनि सच्याएर जाने सूचीमा अट्ने सम्भावना प्रवल छ।

को होलान् त आउट?

यसरी दुई जना थपिएमा खसआर्य क्लस्टरबाट अहिले बुझाएको सूचीमा रहेका दुई जना भने आउट हुने पक्का भएको छ। पुरुषतर्फबाट अन्तिम नम्बरमा रहेका मोहन पाण्डे र महिलातर्फ अन्तिम नम्बरमा रहेका दीपशिखा शर्मा आउट हुने लगभग निश्चित छ। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell