PahiloPost

May 21, 2024 | ८ जेठ २०८१

निर्वाचन आयोगले अस्वीकार गरेपछि राजपाको समानुपातिक सूची पुनः संशोधन, रेणुलाई हटाई नरमाया राखिँदै



बीपी साह

निर्वाचन आयोगले अस्वीकार गरेपछि राजपाको समानुपातिक सूची पुनः संशोधन, रेणुलाई हटाई नरमाया राखिँदै
फाइल फोटो

काठमाडौं : राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले पठाएको समानुपातिक तर्फको प्रतिनिधि सभा सदस्यको सूची सच्याउन निर्वाचन आयोगले निर्देशन दिएपछि सूची पुनः संशोधन गरिने भएको छ।

खस-आर्य महिलातर्फको सूची नमिलेको भन्दै निर्वाचन आयोगले सच्याएर पठाउन पत्राचार गरेको हो।

राजपा अध्यक्ष मण्डलका नेताहरुले सोमबार अबेर रातिसम्म छलफल गरेर खस आर्य महिलाको कोटामा नरमाया ढकाललाई नै राख्ने सहमति गरेका छन्।

यसअघि मुस्लिम कोटाबाट चुन्नी खातुनको नाम हटाएर खस-आर्य महिलामा रेणु शर्माको नाम पठाइएको थियो। यो नाम आयोगले अस्वीकार गरेपछि नरमाया ढकालको नाम राखिन लागेको स्रोतको भनाई छ।

बाँकी पाँच जनाको नाम जस्ताको त्यस्तै रहेको छ।

आदिवासी जनजाति महिलाको तर्फबाट रानी मण्डल र अमृता अग्रहरीको नाम छ भने मधेशी महिलामा चन्दा चौधरी, दलित महिलामा दुलारी देवी खंग र अर्को खस आर्य महिलामा निर्जला राउतको नाम निर्वाचन आयोगमा पठाइएको थियो। 

संशोधित सूची बुधबार साँझ ५ बजेसम्म बुझाउन निर्वाचन आयोगले निर्देशन दिएको छ। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell