PahiloPost

May 10, 2026 | २७ बैशाख २०८३

प्रदेश २ मा बहुमतीय प्रक्रियाद्वारा मुख्यमन्त्री चयनका लागि आह्वान



पहिलोपोस्ट

प्रदेश २ मा बहुमतीय प्रक्रियाद्वारा मुख्यमन्त्री चयनका लागि आह्वान

जनकपुरधामः प्रदेश नं २ का प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले आगामी फागुन ३ गतेभित्र मुख्यमन्त्री नियुक्तिका लागि राजनीतिक दललाई आह्वान गरेका छन्।

प्रदेश प्रमुख कार्यालयद्वारा जारी विज्ञप्तिमा नेपालको संविधानको धारा १६८ उपधारा (१) बमोजिम प्रदेश नं २ को प्रदेशसभामा कुनै पनि राजनीतिक दलको स्पष्ट बहुमत नरहेकाले मुख्यमन्त्री नियुक्तिका लागि सोही धाराको (२) बमोजिम मुख्यमन्त्री नियुक्तिका लागि आह्वान गरिएको हो।

प्रदेश प्रमुख कार्यालय सचिव लावण्यकुमार ढकालका अनुसार प्रदेश प्रमुखबाट दुई वा सोभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त प्रदेशसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दललाई सो अवधिभित्र मुख्यमन्त्री नियुक्तिका लागि आह्वान गरिएको हो। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell