PahiloPost

Sep 12, 2025 | २७ भदौ २०८२

प्रिमियर लिग : चेल्सीको जितमा हाजार्डको दुई गोल



पहिलोपोस्ट

प्रिमियर लिग : चेल्सीको जितमा हाजार्डको दुई गोल

प्रिमियर लिग अन्तर्गत गएराती भएको एक मात्र खेलमा चेल्सी विजयी भएको छ। चेल्सीले घरेलु मैदानमा भएको खेलमा वेष्टब्रोमलाई ३-० ले पराजित गर्दै ३ अंक जोडेको हो।

स्टानफोर्ड ब्रिजमा चेल्सीलाई जिताउन एडेन हाजार्डले दुई तथा भिक्टोर मोसेसले एक गोल गरे।

जितपछि २७ खेलबाट ५३ अंक जोडेको चेल्सी टोटनहमलाई पछि पार्दै अंक तालिकामा चौथो स्थानमा उक्केको छ। समान खेलबाट ५४ अंक जोडेको लिभरपुल तेस्रो तथा ५२ अंक जोडेको टोटनहम पाँचौ स्थानमा छ।

टप फोरमा पर्ने होडमा रहेका दोस्रो स्थानको म्यानचेष्टर युनाइटेड र टोटनहमबीच ४ अंकको मात्र फरक छ। ५६ अकका साथ युनाइटेड दोस्रो स्थानमा छ।

२७ खेलबाट ७२ अंक जोडेको म्यानचेष्टर सिटी शीर्ष स्थानमा आसिन छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell