PahiloPost

May 10, 2026 | २७ बैशाख २०८३

जनयुद्ध दिवसको कार्यक्रममा एमाले अध्यक्ष ओली नजाने



पहिलोपोस्ट

जनयुद्ध दिवसको कार्यक्रममा एमाले अध्यक्ष ओली नजाने

काठमाडौंः माओवादी केन्द्रले २३ औँ जनयुद्ध दिवसका अवसरमा आयोजना गरेको कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली सहभागी नहुँने भएका छन्।

माओवादी केन्द्रको भातृ संगठन वाइसिएलले ओलीलाई निमन्त्रण गरे पनि सहभागी नहुँने जानकारी ओलीले गराएका छन्। ओलीको सट्टा एमालेबाट उपाध्यक्ष बामदेव गौतमले कार्यक्रममा सहभागिता जनाउँने छन्।

वाइसीएलका अध्यक्ष रामप्रसाद सापकोटा 'दीपशिखा'ले ओलीले कार्यक्रममा सहभागी नहुँने जानकारी पठाएको बताए।

एमाले अध्यक्ष ओलीका प्रेस संयोजक चेतन अधिकारीले पनि ओली कार्यक्रममा नजाने बताए। अधिकारीका अनुसार ओलीको सोही समयमा बेलायती रक्षामन्त्रीसँगको भेटघाटको कार्यक्रम तय भएको छ।

पार्टी एकीकरण प्रक्रियामा रहेको बेला दुबै पार्टीका अध्यक्षलाई एकै मञ्चमा राख्ने योजना अनुसार वाइसिएलले विशेष अथितिका रुपमा ओलीलाई कार्यक्रमको निम्तो दिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell