PahiloPost

Sep 12, 2025 | २७ भदौ २०८२

ओलीले भने 'राजनीतिक संक्रमणकाल सकियो, अबको प्राथमिकता बिकास'



पहिलोपोस्ट

ओलीले भने 'राजनीतिक संक्रमणकाल सकियो, अबको प्राथमिकता बिकास'

काठमाडौं: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा अब राजनीतिक संक्रमणकाल सकिएको बताएका छन्। महाशिवरात्रिको अवसरमा शुभकामना दिँदै ओलीले अबको प्राथमिकता बिकास र समृद्धि भएको समेत बताए।

'प्रतिनिधिसभा तथा राष्ट्रियसभाको निर्वाचनपछि देशमा लगभग राजनीतिक संक्रमणकाल सकिएको छ। निर्वाचनमार्फत् जनताले प्रकट गरेको स्थिरता, बिकास र समृद्धिको लक्ष्य प्राप्त गर्नका लागि कसैसँग पनि सम्झौता गर्दैनौ’ ओलीले शुभकामना सन्देशमा उल्लेख गरेका छन्।

उनले मुलुकको एकता र समृद्धिका लागि एकजुट भएर अघि बढ्ने बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell