PahiloPost

May 16, 2024 | ३ जेठ २०८१

प्रचण्डले २३ पाउन्डको केक काटेर जनयुद्ध दिवस मनाए

प्रचण्डले २३ पाउन्डको केक काटेर जनयुद्ध दिवस मनाए

नेत्र तामाङ/पहिलोपोस्ट


काठमाडौँ : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले २३ पाउन्डको केक काटेर २३ वर्षअघि आजकै दिन सुरु भएको जनयुद्ध दिवस मनाएका छन्। 

भ्रातृ संस्था वाइसिएलले पेरिस डाँडामा आयोजना गरेको जनयुद्ध दिवस कार्यक्रममा प्रचण्डले तीन वटा हिमालको चुचुरोको डिजाइन भएको केक मुसुमुसु हाँस्दै काटेका थिए। तीन वटा हिमालमध्ये एउटा चुचरोमा रातो तारा अङ्कित थियो भने अर्को चुचुरोमा मैनबत्ती राखिएको थियो। 

बर्थ डेमा जस्तो मैनबत्ती फुकेर ननिभाई प्रचण्डले चुचुरो नबिगारी छेउतिरबाट केक काटेर टुक्रा बाँडेका थिए।

०५२ साल फागुन १ गतेबाट सशस्त्र युद्ध सुरुवात गरेको सम्झानामा माओवादीले जनयुद्ध दिवस मनाउँदै आएका छन्। दशकभन्दा लामो सशस्त्र युद्धका क्रममा करिव १६ हजारको ज्यान गएको थियो।  

प्रचण्डले काटेको केक खान जनयुद्ध सुरु गर्ने बेलाका नेताहरु भने उपस्थित थिएनन्। किनभने तत्कालीन नेकपा माओवादी चार टुक्रा भइसकेको छ।  मोहन वैद्य तथा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वमा दुई दल छन्। तत्कालीन द्वन्द्वका एक हिस्सा डा. बाबुराम भट्टराईले कम्युनिष्ट धारबाट अलग भइ नयाँ सैद्धान्तिक धरातलमा नयाँ शक्ति नेपाल पार्टी गठन गरेका छन्।

चार टुक्रामा विभाजित माओवादीले आज फरक फरक स्थानमा जनयुद्ध दिवसको स्मरण गर्दैछन्। नेकपा (क्रान्तिकारी माओवादी) ले बृहत् अन्तक्र्रिया कार्यक्रम आयोजना गरेको छ जहाँ पार्टीका शीर्ष नेता सहभागी हुने कार्यक्रम छ।

क्रान्तिकारी माओवादीका नेता सीपी गजुरेलले फरक रुपमा जनयुद्ध दिवस मनाइन लागेको बताए। गजुरेलले सैद्धान्तिक बिचार नै फरक भएकाले मूल पार्टीसँगै कार्यक्रम गर्न नसकिएको बताए। माओवादी केन्द्रले जनयुद्ध दिवस मनाउनुको औचित्य नरहेको उनले बताए।

 



ट्रेन्डिङ पोस्ट

Ncell