PahiloPost

Sep 12, 2025 | २७ भदौ २०८२

ओलीले जनयुद्धको महत्व स्वीकारे, एकताको अन्तिम प्रयास आज : प्रचण्ड



पहिलोपोस्ट

ओलीले जनयुद्धको महत्व स्वीकारे, एकताको अन्तिम प्रयास आज : प्रचण्ड

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजै पार्टी एकता गर्ने पक्षमा एमाले–माओवादी लागेको बताएका छन्। 

भ्रातृ संस्था वाइसिएलले पेरिस डाँडामा आयोजना गरेको जनयुद्ध दिवस कार्यक्रममा प्रचण्डले आज पार्टी एकता गर्ने अन्तिम प्रयासमा जुटेको बताएका हुन्।

कम्युनिष्ट शक्तिलाई एक केन्द्रमा आउन आह्वान गर्दै उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनयुद्धको महत्वलाई स्वीकार गरेको बताए। 

प्रचण्डले भने, ‘हिजो एमाले अध्यक्ष ओलीसँग पार्टी एकताबारे छलफल भएको छ। उहाँले जनयुद्धले ल्याएको सामाजिक राजनीतिक ऐतिहासिक महत्वलाई स्वीकार गर्नु भएको छ। उनले आजकै दिन पार्टी एकता हुन सके मलाई खुशी हुने बताएका थिए। हामी आजै पार्टी एकता गर्ने कोसिसमा छौं।’

शक्तिशाली कम्युनिष्ट शक्ति बनाएर नयाँ क्रान्तिको तयारी गरिरहेको बताउँदै उनले भने, ‘अब नयाँ जनवाद जिन्दावाद भन्ने होइन, समाजवाद जिन्दाबाद भन्छौँ। अब जनताका अधुरा सपना समाजवादबाट पूरा गर्नुपर्छ।’ 

उनले क्रान्तिकारीका हिमायती भन्ने कम्युनिष्ट शक्तिलाई एक केन्द्रमा आउन आह्वान गरे। उनले अबको क्रान्ति समाज र विज्ञानमा आधारित हुनुपर्ने बताए। 

आफ्नो राजनीतिक गुरुको रुपमा चिनिएका मोहन वैद्य किरणलाई जीवनमा लागू हुने खालको क्रान्ति गर्न आग्रह गरे। 

नेत्रविक्रम चन्द 'विप्लव'लाई अध्यक्ष प्रचण्डले भने, 'घटना घटाएर क्रान्ति पूरा हुन्छ भन्ने दिवा सपना नदेख्न अपील गर्छु।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell