PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

पूर्व राष्ट्रपतिकी सहकर्मी भ्रष्टाचारमा दोषी, २० वर्ष कैदको फैसला



पहिलोपोस्ट

पूर्व राष्ट्रपतिकी सहकर्मी भ्रष्टाचारमा दोषी, २० वर्ष कैदको फैसला
फोटो : रोयटर्स

सिओल : दक्षिण कोरियाका पूर्व राष्ट्रपति पार्क जी ह्युका एक सहकर्मी भ्रष्टाचारको मुद्दामा दोषी ठहरिएकी छिन्। उनलाई २० वर्षको जेल सजाय सुनाइएको छ।

सामसुङसहितका ठूला दक्षिणी कोरियाली कम्पनीहरुहरु घुस लिएको प्रकरणमा चोइ सुन – सिल दोषी ठहरिएकी हुन्। यो घुस प्रकरणले दक्षिण कोरियामा राजनीति र व्यवसायी घरानाबीचको सम्बन्धलाई लिएर बहस सुरु भएको छ।

२० वर्ष जेलसँगै उनलाई १ करोड ६० लाख अमेरिकी डलर जरिवानासमेत तोकिएको छ।

पूर्व राष्ट्रपति पार्कसँग नजिक रहेर काम गरेकी चोइलाई गत वर्ष भ्रष्ट्राचारको मुद्दा लागेपछि निलम्वित गरिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell