PahiloPost

Sep 12, 2025 | २७ भदौ २०८२

ओली र बेलायती रक्षा राज्यमन्त्री मार्कबीच भेटवार्ता 



पहिलोपोस्ट

ओली र बेलायती रक्षा राज्यमन्त्री मार्कबीच भेटवार्ता 
फोटो: चेतन अधिकारी

काठमाडौं: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र बेलायती रक्षा राज्यमन्त्री मार्क ल्यानकाष्टरबीच आज भेटवार्ता भएको छ। सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा भएको भेटमा मार्कले ओलीसँग राजनीतिक स्थिरताको कामना गरे। 

ओलीका प्रेस संयोजक चेतन अधिकारीका अनुसार मार्कले वाम गठबन्धनले बहुमत प्राप्त गरेकोमा खुसी व्यक्त गरे। मार्कले भने, ‘स्थीर राजनीतिक परिस्थितीका कारण नेपालमा लगानीमैत्री वातावरण बन्नेमा बेलायत आशावादी छ।’  

प्रतिउत्तरमा धन्यवाद दिँदै ओलीले बेलायत सरकारले गर्दै आएको सहयोग जारी रहने अपेक्षा गरेको बताए। उनले बेलायती सेनामा काम गर्ने गोर्खा सैनिकलाई हुने गरेको विभेदका बारेमा राज्यमन्त्री मार्कसँग जिज्ञासा राखेका थिए। 

राज्यमन्त्री मार्कले नेपाल र बेलायतबीच २०२ वर्ष अघि कूटनीतिक सम्बन्ध भएकाले गोर्खा सैनिकमाथि कुनै भेदभाव नहुनेमा विश्वस्त हुन आग्रह गरे। बेलायती सेनामा काम गर्ने पूर्व गोर्खा सैनिकको पेन्सन सुविधा बारेमा गठन गरिएको संयुक्त प्राविधिक टोलीले गरिरहेको कामको प्रगतिबारेसमेत उनले ओलीलाई जानकारी गराएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell